करको विरोधमा आज बन्द भए देशभरका सिनेमा हल

काठमाडाैं | माघ २२, २०८०

करको विरोधमा आज बन्द भए देशभरका सिनेमा हल

काठमाडौं:     कर विरोधमा आज देशभरका सिनेमा हल बन्द गरिएको छ।


सांकेतिक विरोध भन्दै नेपाल चलचित्र संघले सोमबार फिल्म प्रदर्शनमा रोक लगाएको हो।


सरकारले अव्यवहारिक रूपमा ३६ प्रतिशत कर उठाउँदै आएको संघको भनाइ छ। चलचित्र विकास शुल्क, स्थानीय मनोरञ्जन कर लगायतका विभिन्न करले चलचित्र व्यवसाय सञ्चालन गर्न नसक्ने अवस्था सिर्जना भएको भन्दै संघले यसलाई खारेज गर्नुपर्ने माग गरेको छ। अहिले नेपालमा १५० सिनेमा हल सञ्चालनमा छन्।

 

‘हामीले सरकारलाई ज्ञापन पत्र दिने तयारीमा छौं। यसबाट कस्तो प्रतिक्रिया आउँछ त्यही अनुसार चरणबद्ध रूपमा अगाडि बढ्ने छौं। आज सांकेतिक रूपमा एक दिन हल बन्द भयो अब हामी पहल गर्ने तर्फ लाग्छौ ।’ संघका महासचिव नरेन्द्र महर्जनले भने। 

पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।   पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...

थप पढ्नुहोस्

राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्।   चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

थप पढ्नुहोस्

काठमाडौँ-   प्रतिनिधिसभाको आजको बैठकमा पाँच वटा विधेयक प्रस्तुत हुँदैछन् ।   बैठकमा महालेखा परीक्षकको वार्षिक प्रतिवेदन तथा आर्थिक विधेयक, २०८३ पारित गर्ने कार्यसूची छ ।   सङ्घ...

थप पढ्नुहोस्